गाडीमा गडबड गरेपछि पुनः खोरमा सुरज र साहना


(सेलिब्रेटि नेपाल) काठमाडौँ
पहिले केहि महिना अगाडि गाडीमा गडबड गरेर चर्चामा आएका मोडल तथा कार्यक्रम प्रस्तोता सुरज गिरी र साहना बज्राचार्य पुनः एक पटक प्रहरीको खोरमा परेका छन् । एक विज्ञापन व्यवसायीलाई धम्क्याएका कारण उनीहरु प्रहरीको फन्दामा परेका छन् । फोनमा अश्लिल गाली गर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै हर्षबर्धन साहनीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिए पछि सोहि उजुरीको आधारमा प्रहरीले बुधबार उनीहरुलाई पक्राउ गरेको छ ।
sahana-bajracharya-and-suraj-giri
अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा पिडितको दाबी अनुसारको गतिविधिमा दुबैको संलग्नता देखिएपछि थप अनुसन्धान र मुद्धा प्रक्रिया अगाडि बढाउन अपराध महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । यस अघि पनि प्रहरी खोरमा परेका यि दुईले कान्तिपुर टेलिभिजनको कल कान्तिपुरको जागिर समेत छोड्नु परेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.