डिजाइनर शान अब निर्देशक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
पब्लिसिटी डिजाइनर शान थापा अब निर्देशक पनि पछिल्लो समय नेपाली चलचित्र उद्योगका व्यस्त पब्लिसिटी डिजाइनर एबम संचारकर्मी शान थापाले आफ्नो परिचयलाई निर्देशकसम्म पुर्याएका छन् । शानले ‘मायाँ मलाई’ बोलको गीत मार्फत म्युजिक भिडियो निर्देशनमा हात हालेका छन् । म्युजिक भिडियो निर्देशनको काम चुनौतीपूर्ण रहेको निर्देशक थापाको भनाई छ ।
Shaan-thapa
युथ क्रियशनले बजारमा ल्याएको उक्त म्युजिक भिडियोमा युवा पार्श्व गायक बादल लिम्बु तथा गायिका रविना थापा मगरको स्वर रहेको छ । रविना थापा मगरकै शब्द संगीतमा सुसज्जित उक्त गीतको भिडियोमा सुगम नेवांग,चाँदनी राई र सागर थापा फिचारिंग छन् । हरि न्यौपानेको छायांकनमा टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो पछिल्लो जेनरका दर्शक टार्गेटेड भिडियो बनेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.