नन्दिता भरि पोखिए दिलिप,उठाउनै भ्याएनन् (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
श्रीमान श्रीमतीबिचको प्रेम र द्धन्दलाई प्रस्तुत गरिएको चलचित्र ‘लोग्ने मान्छे’को नयाँ गीत सार्बजनिक भएको छ । टेलिचलचित्र निर्देशकको रुपमा प्रख्यात निर्देशक लय संग्रौलाले निर्देशन गरेका यस चलचित्रको “तिमि भरि पोखिए…” बोलको गीतलाई स्वरूपराज आचार्यले आफ्नो स्वर दिएका छन् भने गीतमा चेतन सापकोटाको संगीत तथा लय संग्रौलाकै शब्द रहेको छ ।
Logne-Manche.
पूर्ण रूपमा पारिवारिक प्रेमकथामा र पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गरिएको चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारको अभिनय रहेको छ । कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध र वनिश शाहको सम्पादन रहेको चलचित्र माघ २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.