कसैलाई नभन्नू निर्माणको तयारीमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली चलचित्रहरुले राम्रो ब्यापार गर्न नसके अवस्थामा चलचित्र निर्माणको क्रम घट्नु त कहाँ हो उल्टै बढी रहेको छ । यसै सिलसिलामा बिहिबार भद्रकालि मन्दिरमा एक चलचित्रको शुभमुर्हत गरिएको छ । ‘कसैलाई नभन्नू’ नाम पक्का भएको चलचित्र प्रेम कथामा आधारित रहेको निर्माण यूनिटले जनाएको छ । शिवहरी रेग्मी र शंकर अधिकारीले मिलेर निर्माण गर्न लागेको चलचित्रलाई शुभम् फिल्मस् प्रा.लि को ब्यानरमा बन्न लागेको हो ।
Kasailai-Navannu
यहि साताबाट छायांकन सुरु हुने चलचित्रमा देशभक्त खनाल, दीनेश शर्मा, पुष्कर भट्ट, आयुष्मा कार्की, किशोर केसी लगायतका कलाकारहरुको मुख्य भुमिका रहने छ भने काठमाडौं, हेटौंडा पोखरा, पाल्पा र तनहुँ लगायतका स्थानमा छायांकन हुने भएको छ । मन्दिप रानाको लेखन तथा निर्देशनमा बन्ने चलचित्रका गीतमा प्रमोद खरेल र शिव परियारले आवाज तथा रामचन्द्र श्रेष्ठ र भिम विसीले संगीत दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.