फागुन २२ मा नवल र आर्यन संगै साइको


(सेलिब्रेटि नेपाल) काठमाडौँ
ऐतिहासिक तथा सत्य कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘भीमदत्त’ले आफ्नो प्रदर्शनको मिति फाल्गुन २२ लाई तय गरेको छ । नेपाली चलचित्र बजारमा एकै दिन ३ वा ४ चलचित्र जुद्नु अब सामान्य जस्तै हुन थाली सक्यो भन्दा फरक नपर्ला । चलचित्र ‘भीमदत्त’ पनि अन्य दुइ चलचित्र संग भिड्ने पक्का भएको छ । नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘पुनर्जन्म’ र अर्को साईको थ्रिलर चलचित्र ‘झिग्रना’ संग जुद्ने भएको छ ।
Bhimdatta-poster
चलचित्र ‘भीमदत्त’मा नवल खडका, निशा अधिकारी, सुमीना घिमिरे, श्रीराम पुडासैनी, रमेश बुढाथोकी, कविता शर्मा, एमएस अगराज, सन्जय खतिवडा, लय संग्रौला, उत्तम केसी, रवी गीरी, वीएस राना लगायतका कलाकार हरुको अभिनय रहेको छ। गोल्डेन आइ फिल्म प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्देशक हिमग्याप टासी लामा हुन । शिवंम अधिकारीको पटकथा संवाद रहेको यस चलचित्रको द्धन्द्ध निर्देशन हिमाल केसीले गरेका छन् भने कथा मणी थापाको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.