(सेलिब्रेटि नेपाल) काठमाडौँ
मुस्लिम र हिन्दु धर्म मान्ने यूवा-युवतीहरुको बीचमा हुने प्रेम सम्बन्धलाई मध्य नजर गरेर निर्माण गरिएको चलचित्र अलविदा सुक्रबार रिलिज हुनका साथै आइतबार प्रेस शो पनि सम्पन्न गरेको छ । आज काठमाडौँको एक हलमा आफ्नु प्रेस शो सम्पन्न गरेको उक्त चलचित्र आर्यन र अनिताले मुस्लिम धर्म मान्छन् भने वास्तविक जीवनमा मुस्लिम धर्म मान्ने हसन खान हिन्दु धर्म मान्छन । सिमित पत्रकारहरु उपस्ति शोमा केहि चलचित्रकर्मी हरुको पनि उपस्थिति रहेको थियो । लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्रमा केशव घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । हसन राजा खान निर्माता रहेका यस चलचित्रलाई हसनकै होम प्रोडक्सन् एचआरके फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।