हेमन्त र मेलिनाको स्वरमा ‘दिन दुई गुणा’ सार्वजनिक


सेलिब्रेटी नेपाल । गायक हेमन्त शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिन दुई गुणा’ सार्वजनिक गरिएको छ। रोमान्स र डान्सको आकर्षक संयोजन रहेको गीतमा प्रेमभावसँगै रमाइलो नृत्यको स्वाद प्रस्तुत गरिएको छ।

हेमन्त शर्माकै शब्द रहेको गीतमा कृष्ण बीकको संगीत संयोजन छ। श्यामश्वेत रसाइलीले गीतको साउन्ड मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। रोमान्टिक भाव र नृत्यमय प्रस्तुतिलाई समेटिएको गीतले श्रोतादर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

गीतको भिडियोमा बुद्धि तामाङ, आरोन थापा मगर, चाहना राना मगर र सुस्मा सुब्बाको अभिनय देख्न सकिन्छ। भिडियोमा कलाकारहरूको रोमान्टिक केमेस्ट्री र नृत्यलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन्। अमृत चापागाईंले सम्पादन तथा कलर संयोजन गरेको भिडियोको मेकअप सञ्जिता ढकाल (सञ्जु) ले गरेकी छन्। भिडियोको प्रोडक्सन मिलन कटवालले सम्हालेका छन्।

रोमान्टिक भाव, आकर्षक नृत्य र चर्चित गायक–गायिकाको स्वरको संयोजन रहेको ‘दिन दुई गुणा’ले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.