नाचन राम्रो गाउनेलाई एक लाख पुरस्कार


(सेलिब्रेटि नेपाल)काठमाडौँ
Zhigrana-audio
गोल्डेन याक इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको नेपाली चलचित्र ‘झिग्राना’ले आफ्नु ट्रेलर सार्बजनिक गरेको छ । काठमाडौँमा आज प्रत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर संग-सगै अडियो सिडि बिमोचन तथा पोस्टर रिलिज गरिएको छ । गोल्डेन याक इन्टरटेनमेन्टको प्रथम चलचित्र भनिएको यस चलचित्रमा एक गैह्रसरकारी संस्थाका कर्मचारीहरुको समूहले नेपालको दुर्गम भागमा काम गर्ने क्रममा भोग्ने रहस्यमय घटनाहरुलाई उतारिएको छ । चलचित्रको मुख्य गीत भनिएको “नाचन…” बोलको गीतको लागि एक प्रतिस्पर्धा नै राखिएको छ । चलचित्रको उक्त गीत गाएर पठाउने मध्ये उत्कृष्टलै नगद एक लाख पुरस्कार राखिएको गोल्डेन याक इन्टरटेनमेन्टले जनाएको छ ।
Zhigrana-nepali-film-poster
पासांग लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा हना गेस्चिव्स्की, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, शान्ती गिरी, दिवाकर पिया, बिना पाण्डे, अरुण रेग्मीको मुख्य भूमिका रहेको छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पाश्र्वगायन छ । चलचित्र फाल्गुन २२ बाट प्रदर्शनमा आउने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.