
सेलिब्रेटी नेपाल। यस बर्षको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै २’ को दोश्रो गीत ‘मायामा एक्सपयारी डेट हुदैन’ सार्वजनिक गरिएको छ। सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत रहेको छ। रोमान्टिक शैलीको गीत रहेको भिडियोमा चलचित्रका प्रमुख तीन कलाकार दिपकराज गिरि, केकी अधिकारी र सनिशा भट्टराई फिचर रहेका छन्।
गीतको भिडियोमा श्रीमान श्रीमतीको भूमिकामा रहेका दिपक र केकीको प्रेमिल दृश्यहरुको बीचमा सनिशाको प्रवेशले थप रोचकता थपेको छ। किरण थापाले भिडियोको कोरियोग्राफी गरेका छन् । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्सको संयुक्त प्रस्तुती रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन्। रोहित अधिकारीको निर्माणमा बनेको चलचित्र असोज ३१ गते फूलपातीको दिनबाट प्रदर्शनमा आउनेछ।
निर्देशक लामा र दिपकराज गिरिको कथा रहेको चलचित्रको स्क्रिन्प्ले र डाइलग दिपकराज गिरिले तयार पारेका छन्। चलचित्रमा दिपाश्री निरौला सल्लाहकारको रुपमा रहेकी छिन्। चलचित्रमा दिपक, केकी र सनिशाको साथमा कर्मा, रिहान गिरि, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन्।




