१६ बर्ष माथिकाले मात्र हेर्न पाउने ‘लभ यू म्यान’ लाई



सेलेब्रिटी नेपाल मंसिर २१- पटक पटकको सेन्सर झमेला झैल्दै आयको चलचित्र ‘लभ यू म्यान’ ले प्रर्दशन अनुमती पाएको छ । बुधबार चलचित्र सेन्सर बोर्डले चलचित्रलाई १६ बर्ष भन्दा माथीकाले मात्र हेर्न उपयुक्त भएको भन्दै एडल्ट सर्टिफिकेट दिएर प्रर्दशनका खुल्ला गरेको को छ। सेन्सर नभयको भन्दै चलचित्रका नायक कलाकार ले निकै आक्रोस ब्यक्त गरेका थिय।तेस्रो पटकको सेन्सर पछि आफ्नो चलचित्रले प्रर्दशन अनुमती पायको निर्माता युबराज खत्रीले बताए ।भोलि शुक्रबार बाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने तयारी सहित सेन्सरमा गएको चलचित्रलाई सेन्सर बोर्डले कानुन नै नभएको भन्दै सेन्सर नगर्ने बताउदै आयका थियो । तर निर्माण पक्षको पटक पटकको सेन्सर प्रयासले चलचित्रको सेन्सर पास भएको हो। केहि दिन अघि निर्देशक बि बि फुयाल संग पारिश्रमीक लेनदेनको बिषयमा बिबादमा मुछिउको थियो । निर्देशक संगको बिबाद मिलाएर सेन्सरमा गएको यस चलचित्र केही दिन देखि सेन्सरको झमलामा अल्ल्झीन पुगेको थियो ।राज आर्यन, सुरेश चौधरी, प्रनिशा अधिकारीलगायतका नया कलाकारहरुले मुख्य भुमिकामा अभिनय गरेका चलचित्रलाई बिबि फुयालले निर्दशन गरेका हुन् चलचित्रमा पुरुष पात्र राज र सुरेशबीच हुने प्रेम सम्वन्धलाई देखाउन खोजिएको छ । चलचित्रमा दुई पुरुषबिचको थुप्रै बेडसिन र चुम्बनको दृश्य पनि छन्

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.