‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको ‘जुनेली’ सार्वजनिक

समीर र कृशुसहित निर्देशक विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह,सुधिर श्रेष्ठको अभिनय रहेको छ


काठमाडौं। अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’को आकर्षक नृत्यसँगै ब्रेकडान्सको रोमाञ्चक प्रस्तुति देख्न सकिन्छ।

लामो समयपछि नेपाली फिल्ममा ब्रेकडान्सलाई विशेष प्राथमिकता दिइएको यो गीतको भिडियोले दर्शकको ध्यान खिच्ने अपेक्षा निर्माण टिमले गरेको छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर रहेको छ।

बिराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा सन्तोष सरकारले लेखेका हुन्। महेश पौडेलको छायांकन रहेको फिल्ममा सरस्वती भट्टको लगानी छ। फिल्म असोज ३० गते, फूलपातीका दिन देशभर प्रदर्शनमा आउने तयारीमा छ।

फिल्ममा समीर र कृशुसहित निर्देशक विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत कृशु शाही ‘काफिया’ र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.