गायक शिव परियारले प्रेमीकासँग भुल गरे (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
‘म त मर्छु क्यारे’को अपार सफलतापछि संगीतकार नीम संगीतले पुन: अर्को गीत लिएर आएका छन् । शिव परियारको स्वरमा ‘तिमीलाई यि नयनमा’ बोलको यस गीतमा भास्कर काजीका शब्द रहेका छन् भने नीम संगीतको संगीत संयोजन र संगीत रहेको छ । नीमले संगीत भरेको ‘अमेर प्रेम’ नामक एल्बममा रहेको ‘म त मर्छु क्यारे, तिमी धेरै बर्ष बाँच’ बोलको गीत सुगम संगीतको इतिहासमा अमिट छाप बनेर रहिरहेको छ ।
Shiv-Pariyar
यसै क्रममा नीमकै एकल संगीतमा फेरी अर्को एल्बम थपिएको छ ‘अमर प्रेम -२ (प्रेमको हत्यारा)’ । माथी उल्लेखित शिव परियारको स्वरमा रहेको गीत यसै एल्बममा समावेश छ । सिन्चुरी सुरेश घमालको निर्देशन रहेको ‘तिमीलाई यि नयनमा’मा बिक्रम, पदम, अक्शिका र बिनिताको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.