
काठमाडौं । लभस्टोरी चलचित्र ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनीक गरिएको छ । साइराम पिक्चर्स युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको ३ मिनेट लामो ट्रेलरमा डेब्यु अभिनेता सोनाल लामा र कस्मता निरौलालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ ।
असोज २ गतेबाट प्रदर्शन हुने चलचित्रको निर्देशन राजु अधिकारीले गरेका हुन् । चलचित्रको ट्रेलरमा युरोपीयन शहरका सुन्दर दृश्यका साथमा नेपाली गाउँको झल्को समाबेश गरेको देखिन्छ । अध्ययन तथा रोजगारीका लागि बिदेशीएका युवा युवतीको प्रेम प्रसंग,सम्पर्ण तथा मतभेदको कथा प्रष्टिने चलचित्रको अधिकांश दृश्य युरोपको बेल्जियम,स्वीजरल्याण्ड,नेदरल्याण्ड लगायतका देशमा खिचिएको हो ।
शरद अधिकारी निर्माता रहेको चलचित्रको निर्माता बहादुर सिंह तामाङ छन् । आरती अधिकारीको कथा र मौनता श्रेष्ठको पटकथा,सम्वाद रहेको फिल्म रामप्रसाद चौधरीले सम्पादन गरेका हुन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्म रबिन्द बरालले खिचेका हुन् । फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत,कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । ‘माया बस्छ कि के हो !’ मा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा,उपेन्द्र थापा,बेनी ढुंगाना,सब्बु पौडेल,तारा शर्मा,हरिकृष्ण कार्की,तेजेन्द्र कँडेल,रिचा थापा,खिन्नबहादुर भण्डारी,जेपी पाण्डे,रामजी राउत,करुणा थापा,बिकुलाल बासु,सुकचन्द्र थापाको अभिनय छ । फिल्मलाई नेशनल सिने ग्रुपले बितरण गर्दैछ ।


