‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक


काठमाडौं। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। गीतको भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ भने  गीतको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन्।

गीत सार्वजनिक गर्दै निर्माता तथा संगीतकार अर्जुन पोखरेलले फिल्मको प्रचारप्रसारलाई लक्षित गर्दै फरक स्वादमा गीत तयार गरिएको बताए। गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सशान कँडेल निर्देशित फिल्मको कथा तथा पटकथा माधव शर्माले लेखेका हुन्। फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौलीलगायत कलाकारको अभिनय रहेको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको फिल्मका निर्माता प्रताप शमशेर राणा हुन्। फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्।

 

Copyright © 2012 - 2026 | All Right Reserved.