भुवनलाइ सम्मान गर्दै इच्छाले अडियो सार्बजनिक गर्यो


(सेलिब्रेटी नेपाल) काठमाडौँ
कलाकारबाट निर्माता हुँदै निर्देशक बनेका मुनाल घिमिरेले आफुले निर्देशन गरेको चलचित्र ‘इच्छा’को अडियो बिमोचन कार्यक्रम मार्फत आफुले सानै देखि मन पराउँदै आएका सदाबहार नायक भुवन के.सी.लाइ सम्मान गरेका छन् । आज राजधानीमा आयोजित कार्यक्रममा मुनाल घिमिरे तथा चलचित्र ‘इच्छा’ युनिटका तर्फ बाट नायक भुवन के.सी.लाइ सम्मान पत्र प्रदान गरेका हुन् । उक्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार हरु अभिनेता दयाहाङ् राई,दिपशिखा शाहि भने उपस्थित देखिएनन् । नायक सुवास थापा कार्यक्रमको अन्त्यमा उपस्थित भएका थिए । bhuwan-kc-munal-ghimire चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय,चलचित्रका संगीतकार करणराज कार्की, चलचित्रका कलाकार ओम प्रतिक, देशभक्त खनाल,ले चलचित्रको अडियो क्यासेट संयुक्त रुपमा बिमोचन गरे ।Ichhya-yunit‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ। दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.