मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’ १६ असोजमा


काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म असोज १६ गते बिश्वब्यापी प्रदर्शनमा आउने छ ।
पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त,मुकुन भुसाल,नारायण त्रिपाठी,विल्सन विक्रम राई,रविन्द्र झा,अंशु महर्जन,खड्कबहादुर पुन (खबपु),उमेश राई, रजनी गुरुङ,सुनीता सापकोटा,गणेश गौतम,प्रेमदेव गिरी,धनलक्ष्मी बोहरा,श्रेया नारायण,अनुष्का नारायण,मिना आरएल शाही,रितु मल्ल ठकुरी,अनाररत्न बज्राचार्य,विन्दु आचार्य लगायतको अभिनय छ ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको ‘चमेलीको पोइ’ को कार्यकारी निर्मातामा उदय बिक्रम राणा,रितु मल्ल ठकुरी र कपील आचार्य छन् । निर्देशक बोहराकै कथा रहेको फिल्म लेखनमा उनलाई शिबम अधिकारीले सघाएका छन् । धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर रहेको फिल्मको सहनिर्मातामा सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,प्रदिपकुमार सापकोटा र यमप्रसाद वली छन् । झण्डै दुई दशकपछि चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी यही फिल्मबाट ठूलो पर्दामा कमब्याक गर्न लागेका उनले ‘चमेलीको पोइ’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

मुस्ताङ,पोखरा र काठमाडौंका बिभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको मुख्य सहायक निर्देशक सुदिप कुँवर हुन् भने सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लभ ढुंगाना छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.