
काठमाडौं । अर्नभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘पत्थर पुरुष’ को शीर्षक सार्वजनिक गरिएको छ। सामाजिक कथावस्तुमा आधारित यस चलचित्रको लेखन तथा निर्देशन रोजल थापाले गर्नेछन्। निर्देशक थापाका अनुसार चलचित्रले समाजका यथार्थ पक्षहरूलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गर्नेछ।
निर्माण पक्षले हाल कलाकार छनोट तथा छायांकन स्थलको तयारीको काम अगाडि बढाइरहेको जनाएको छ। चलचित्रका कलाकार तथा प्राविधिक टोलीबारे भने चाँडै औपचारिक घोषणा गरिने बताइएको छ।
चलचित्रका निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन् भने संगीत दीप्सन लिम्बुको रहनेछ।
निर्माण टिमका अनुसार चलचित्रको प्रि-प्रोडक्सन कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। आगामी भदौको दोस्रो सातादेखि चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।


