चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु


काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले सिनेमाको छायांकन सुरु गरेको हो ।

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने चलचित्र पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन सुरु भएको हो । शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार उपस्थित थिए ।

चलचित्र ३५ दिन छायांकन गर्ने सेड्युल रहेको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन् । अभिनेता विजय बराल र अञ्जना बराइली ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यो सिनेमामार्फत दोस्रोपटक सहकार्य गर्दैछन् । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

चलचित्रमा लेखन पनि निर्देशक पौडेल स्वयंको छ । आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.