
काठमाडौं। ‘हावा चल्यो सिरिरी’ शीर्षकको नयाँ गीत सार्वजनिक गरिएको छ। गीतमा सुरज पौडेल र अनु चौधरीको स्वर रहेको छ भने शब्द प्रमोद ढुंगानाले लेखेका हुन्। मनोज चौलागाईंको संगीत तथा एरेन्ज रहेको यस गीतको रेकर्डिङ एकाउस्टिक नेपाल स्टुडियोमा गरिएको हो।
भिडियोको निर्देशन नितिन चन्दले गरेका छन् भने कोरियोग्राफी रोहित सिंह ठकुरीको रहेको छ। भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ। मेकअप एकता भण्डारीले गरेकी हुन् भने सम्पादन सौखिन तिमल्सिनाले गरेका छन्। म्युजिक भिडियोका निर्माता निलप्रसाद ईटनी रहेका छन्।
गायक सुरज पौडेलको यो १० औँ म्युजिक भिडियो हो। भिडियो ‘म्युजिक मन्त्र’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियोको छायांकन भक्तपुरको गुन्डुमा गरिएको हो, जहाँ डिओपीका रूपमा विनोद बिष्टले क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्।


