फिल्म ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु, सौगात मल्ल मुख्य भूमिकामा


काठमाडौं । फिल्म ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु भएको छ । अस्त्र फिल्म्सको प्रस्तुति रहेको फिल्म बुधबार शुभमुहूर्त गर्दै औपचारिक रूपमा छायांकनमा गएको हो।

फिल्मको छायांकन ७ दिनको सेड्युलसहित सुरु गरिएको छ भने सर्लाहीसँगै काठमाडौं र भारतको राजस्थानमा पनि सुटिङ हुने निर्माण पक्षले जनाएको छ । कुल ७५ दिनको छायांकन तालिकासहित निर्माण अघि बढाइएकाले फिल्मलाई ठूलो क्यानभासमा निर्माण गरिँदैछ भन्ने संकेत मिल्छ ।

मुख्य भूमिकामा सौगात मल्ल रहेका छन् । फिल्मको लेखन तथा निर्देशन प्रकाश कर्णले गरेका हुन् भने स्क्रिनप्ले र लेखन वर्षा पौडेलको रहेको छ । क्रिएटिभ प्रोड्युसरको जिम्मेवारी पनि निर्देशक कर्ण र लेखिका पौडेलले संयुक्त रूपमा सम्हालेका छन् ।

फिल्ममा सोफी धरेलले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् । उनीसँगै सौगात मल्ल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सुधनको यो तेस्रो फिल्म भए पनि मुख्य भूमिकामा भने यो पहिलो हो ।

रक क्यासल स्टुडियोको निर्माणमा तयार भइरहेको फिल्मको घोषणा सँगै तीनवटा क्यारेक्टर पोस्टर सार्वजनिक गरिएका थिए, जसले कथावस्तु र पात्रको लुक्सबारे प्रारम्भिक संकेत दिएको थियो ।

निर्माण पक्षले अन्य कलाकार तथा विस्तृत कथावस्तुबारे भने हालसम्म सार्वजनिक गरेको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.