आर्यनको भिन्दै रुपमा होमवर्क


(सेलिब्रेटि नेपाल) काठमाडौँ
गोपिकृष्ण मुभिजले लामो समय पछि पुन चलचित्र निर्माणको घोषणा गरेको छ । ‘होमवर्क’ नाम दिइएको चलचित्रलाई निरक पौडेलले निर्देशन गर्ने भएका छन् । आर्यन सिग्देललाई एकदमै नयाँ लुक्स र भूमिका रहने भनिएको चलचित्रमा आर्यन बाहेक नम्रता श्रेष्ठ, विजय लामाको मुख्य भूमिका रहने छ ।
home-work-aryan
साथै गोपिकृष्ण मुभिजले आफ्नै र संयुक्त लगानीमा अन्य सात वटा चलचित्रहरु पनि २०१५ भित्र नै निर्माण गर्ने जनाएको छ । जस अन्तरगत लामो समयपछि फेरि चलचित्र निर्माणमा फर्किने भएकी छिन् अभिनेत्री करिश्मा मानन्धर । चलचित्र ‘बाबुसाहेब’ पश्चात चलचित्र निर्माणबाट टाढा रहेकी करिश्मा पुन गोपीकृष्ण मुभिजसँग मिलेर चलचित्र निर्माणमा आउने भएकी छिन् ।
यस्तै, भैरव सापकोटा, विरेन्द्र नारायण श्रेष्ठले पनि गोपिकृष्णको ब्यानरमा चलचित्र निर्माण गर्ने बताईएको छ भने अभिनेत्री नम्रता श्रेष्ठले पनि नयाँ चलचित्र बनाउँदै छिन् ।