‘एक्का तीन’मा पुष्प खड्का भित्रिए, पूजा शर्मासँग जोडी पक्का


काठमाडौं । आगामी वर्षको जेठ महिनाबाट छायांकन सुरु हुने फिल्म ‘एक्का तीन’मा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । यसअघि नै नायिका पूजा शर्मा फाइनल भइसकेकी थिइन् ।

निर्देशक रुपेश तामाङका अनुसार कलाकार छनोट अन्तिम चरणमा पुगेको छ भने फिल्मको प्रि–प्रोडक्सन तयारी पनि अन्तिम अवस्थामा रहेको छ । पुष्पसँग कागजी सम्झौता गरिएसँगै फिल्मको कलाकार लाइनअप बलियो बन्दै गएको निर्माण टिमले जनाएको छ ।

एक्सन जनरामा निर्माण हुने तयारीमा रहेको फिल्ममा पुष्पको भूमिका भने हालसम्म खुलाइएको छैन । साथै, फिल्ममार्फत एक–एक जना नव–नायक र नव–नायिकालाई पनि डेब्यु गराउने तयारी गरिएको जनाइएको छ ।

फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् । जुना फिल्म्स र अधिरा फिल्म्सको संयुक्त निर्माणमा बन्ने यस फिल्मलाई रुपेश तामाङले निर्देशन गर्नेछन् ।

पुष्प खड्का र पूजा शर्माले यसअघि फिल्म ‘३६ को आँकडा’मा सहकार्य गरिसकेका छन् । साथै केही म्युजिक भिडियोमा पनि एकसाथ देखिएका यी जोडीलाई पुनः ठूलो पर्दामा देख्न दर्शक उत्साहित रहेको निर्माण पक्षको विश्वास छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.