चलचित्र ‘कुम्भ’ जेठ १५ गतेदेखि प्रदर्शनमा


काठमाडौँ। निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन्।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने जनाइएको छ। चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ।

एक्सन विधामा निर्माण गरिएको यस चलचित्रमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। चलचित्रको नेपाल र साउथ इन्डियामा छायांकन गरिएको चलचित्रमा साउथ इन्डियाका थुप्रै कलाकारको अभिनय रहेको छ।

चलचित्रको छायांकन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन्। द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन्।

चलचित्रको पहिलो गीत यही शुक्रबार सार्वजनिक गरिने र त्यससँगै प्रचार–प्रसार अभियान सुरु गरिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.