चलचित्र विकास बोर्डको वार्षिक समरी २०८२ सार्वजनिक


काठमाडौं । चलचित्र विकास बोर्डले चालु वर्षको वार्षिक समरी २०८२ सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस वर्ष बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन्।

बोर्डका अनुसार यस अवधिमा ५६ वटा नेपाली चलचित्र र ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन्। यसैगरी, देशभर ८ वटा नयाँ सिनेमा हल दर्ता भएका छन् भने हाल सञ्चालनमा रहेका कुल हल संख्या १७२ पुगेको छ।

वितरण क्षेत्रतर्फ पनि यस वर्ष उल्लेखनीय गतिविधि देखिएको छ। बोर्डको विवरणअनुसार ९ वटा नयाँ वितरक दर्ता भएका छन् भने कुल वितरक संख्या ४४ पुगेको छ।

व्यापारिक तथ्याङ्कतर्फ हेर्दा नेपाली चलचित्रले यस वर्ष रु. १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० बराबरको व्यापार गरेको छ। नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५४४ रहेको बोर्डले जनाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय चलचित्रतर्फ रु. १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ बराबरको कलेक्सन भएको छ भने ३३ लाख २२ हजार ७५७ टिकट बिक्री भएको तथ्याङ्कमा उल्लेख छ। तथ्यांकअनुसार यो बर्ष ४ लाख ५८ हजार ७ सय ७८ जना बढि दर्षकले स्वदेशी चलचित्र सिनेमा हल गएर हेरेका छन् ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको यो वार्षिक समरीले नेपाली चलचित्र उद्योगको उत्पादन, प्रदर्शन, वितरण तथा व्यापारिक गतिविधि निरन्तर विस्तारोन्मुख रहेको संकेत गरेको छ। बोर्डले यस्ता तथ्याङ्कले चलचित्र क्षेत्रको वास्तविक अवस्थाको मूल्यांकन गर्न, नीतिगत योजना बनाउन तथा उद्योगको आगामी दिशा तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.