बसन्त–सुनितामीको ‘माया हिरिक्कै’मा पल शाह


काठमाडौं । सर्जक तथा गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ। गीतको भिडियो सुनितामी परियारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा नवराज पन्तको शब्द तथा बसन्त थापाकै संगीत रहेको छ भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन्। लोकलयमा आधारित गीतले प्रेम र भावनालाई प्रस्तुत गरेको छ।
गम्भिर बिष्टको निर्देशनमा तयार गरिएको भिडियोमा नायक पल शाहको अभिनय देख्न सकिन्छ। पलसँगै गायिका सुनितामी परियार स्वयं पनि भिडियोमा देखिएकी छन्।

भिडियोको छायांकन पवन सुस्लिङको टिमले गरेको हो भने सम्पादन प्रविन भट्टले गरेका छन्। कोरियोग्राफी प्रशान्त मगरको रहेको छ।

शुक्रबार साँझ सार्वजनिक गरिएको भिडियोप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन्। गायिका सुनितामीले गीतले दर्शक–स्रोताको मन जित्ने विश्वास व्यक्त गरेकी छन्।

वि.सं. २०६६ सालमा ‘भिरमा लर्क्यो खर’ गीतबाट सांगीतिक यात्रा सुरु गरेकी सुनितामीले हालसम्म झण्डै ९ सय गीतमा स्वर दिइसकेकी छन्। उनका ‘रुमाल साट्न पर्दैन’, ‘साईली रिमै’, ‘अभागी त म हुँ’, ‘ढुङ्गा जस्तो मन’ र ‘मेरो बुडाको के मिलेन’ जस्ता गीत चर्चित छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.