लोकलयमा ‘झम्के फुली’, ‘हामी तीन भाइ’को नयाँ गीत सार्वजनिक


काठमाडौं । चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिमले पोस्टर, टिजरपछि अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गरेको हो।

शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत लोकलयमा आधारित छ। गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ भने संगीत साप शक्तिकै रहेको छ। गीतका शब्द सुवलमणि सापकोटाले लेखेका हुन् भने संगीत संयोजन महाराज थापाले गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार फलित राई, जाहान्वी बस्नेत, कुशल बिष्ट र आश्मा गिरीले नृत्य गरेका छन्। ग्रामीण परिवेश र नेपाली मौलिकतालाई झल्काउने दृश्यले गीतलाई अझ आकर्षक बनाएको छ।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन्। कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा छन्।

फिल्ममा लक्ष्मी वर्देवा, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ, शुष्मा निरौला, यादव देवकोटा (सरापे) लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको फिल्ममा विक्रम तामाङ कार्यकारी निर्माता छन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् भने छायांकन शिव ढकालले गरेका छन्। सम्पादन बनिश शाहको रहेको फिल्ममा संगीत साप शक्ति र बाबुल गिरीको छ।

फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.