
काठमाडौँ। नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करण चलचित्र विकास बोर्डको हलमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा सम्पन्न ‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड–२०८२’ मा फिल्म र गीत संगीतका गरेर ३५ वटा विधामा अवार्ड प्रदान गरियो ।
कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यस वर्ष सङ्गीततर्फ २४ विधा र चलचित्रतर्फ १२ विधा गरी जम्मा ३६ विधामा अवार्ड प्रदान गरिएको हो। अवार्डमा सहभागिताका लागि गरिएको आह्वानपछि प्राप्त भएका चलचित्र तथा गीत–संगीत कृतिहरूलाई समेटेर उत्कृस्ट पाँच नोमिनेसन तय गरिएकोथियो।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा सम्पन्न यस वर्षको अवार्डमा २०८१ सालमा प्रदर्शन आएका फिल्म तथा सार्वजनिक गीत–संगीतलाई समावेश गरिएको थियो । साथै, अवार्ड कार्यक्रमलाई चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। अवार्डको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ मा लाइफ टाइम अचिभमेन्ट अवार्ड कलाकार तथा निर्देशक शुभाष गजुरेललाई नगद २५,५५५ सहित सम्मान प्रदान गरियो। पत्रकार श्री कृष्ण भट्टराइलाई नगद ११,१११ सहित पत्रकारिता पुरस्कार प्रदान गरियो। कार्यक्रममा थुप्रै कलाकार,संगीतकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले गरेका थिए। कार्यक्रममा लेखक निर्देशक काजी लिम्बु,कलाकार श्रेया दुलाल,निर्माता द्वय सुनीता सापकोटा तथा राम नारायण उपाध्याय र बिज्ञान श्रेष्ठलाई सम्मान गरिएको थियो।

अवार्ड कार्यक्रमको जुरी टिममा निर्देशक तथा सम्पादक रक्षा सिंह राणा,छायाँकार शिव ढकाल, गीतकार प्रमोद ढुंगाना,निर्देशक ऋषि लामिछाने,लेखक तथा निर्देशक अमरदीप सापकोटा र गायक नविन कुमार पौडेल रहेका थिए।
अवार्ड विजेता सुची यसप्रकार रहेको छ
१. उत्कृस्ट फिल्म :सतीदेवी
२.उत्कृस्ट निर्देशक: मिलन चाम्स (अञ्जिला)
३.उत्कृस्ट अभिनेता: विजय वराल (पूर्ण बहादुरको सारंगी)
४.उत्कृस्ट अभिनेत्री: केकी अधिकारी (बोक्सीको घर)
५.सह-अभिनेत्री :सृजना अधिकारी (सतीदेवी)
६.छायाँकार: पुरुसोत्तम प्रधान (पिताम्बर)
७.सम्पादक: संदेश शाह (ज्वाईं साव)
८.संगीतकार :आशिष अविरल रैयाँ चाँदीको ( पूर्ण बहादुरको सारंगी)
९.सह अभिनेता: कामेश्वर चौरसिया (फेरी रेशम फिलिली)
१०.पटकथा संवाद: लक्ष्मण सुवेदी (सतीदेवी)
११.रंग संयोजन: राजेन्द्र मोक्तान (अञ्जिला)
१२.इन्करेज्मेंट अवार्ड बाल कलाकार – मंजिला बानियाँ र हर्षिका ओली (सतीदेवी)
संगीत तर्फ विजेता
१.उत्कृस्ट गायक आधुनिक:रुद्र शेखर शर्मा (के छ सान्नानी)
जुरी अवार्ड – शशी विक्रम थापा (तिम्रै कारण)
२.उत्कृस्ट गायिका आधुनिक:अन्जु पन्त (थाहै थिएन दिल)
३.उत्कृस्ट संगीतकार: मनोज चौलागाईं
४.उत्कृस्ट गीतकार आधुनिक:प्रतिमा गुरुङ (न जिउन सकें न मर्न सकें)
जुरी अवार्ड :सरिता सापकोटा (बेखबर)
५.उत्कृस्ट मोडल आधुनिक मेल:माधव केसी (अजम्बरी माया)
जुरी अवार्ड :आर्यन राउत (पिर पर्या छ)
पब्लिक च्वाइस अवार्ड :इश्वर वल्लभ उप्रेती (आदत बन्यौ)
६.उत्कृस्ट मोडल आधुनिक फिमेल:नेहा गौतम (तिम्रो झझल्को)
७.उत्कृस्ट मेकअप आर्टिस्ट: प्रिया नगरकोटी (मेरो घरको मुन्तिर)
८.उत्कृस्ट म्युजिक भिडियो निर्देशक: राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)
जुरी अवार्ड : विनयराज पौडेल (हेर्दा हेर्दै)
९.उत्कृस्ट छायाँकार म्युजिक भिडियो : मदन काश्यप घिमिरे (अजम्बरी माया)
१०.उत्कृस्ट गीतकार पप: अनुप महर्जन (अँध्यारो रातमा)
११.उत्कृस्ट गायन लोक: चन्द्र लामा (मुटुमा बसेकी माया)
१२.उत्कृस्ट छायाँकार पप भिडियो: मिलन थापा ‘शान्त’ (अध्यारो रातमा)
१३.उत्कृस्ट मोडल भोजपुरी: सद्दाम हुसेन (कमर धके)
१४.उत्कृस्ट गीतकार गजल: तुलाराम लामिछाने (समय खराव छ)
१५.उत्कृस्ट कोरियोग्राफर म्युजिक भिडियो : सुरेश पाण्डे (जवानीले पोल्यो)
१६. सर्बोकृष्ट गायक (लोक पप ) : दिनेश भारती (चन्द्रकुमारी)
१७. भाषाभाषी चलचित्र तलासबाट उत्कृस्ट अभिनेता : राजकुमार लिङ्ग्देन
१८. उत्कृस्ट मोडल भाषा भाषी गीत: विपना आङ्ग्वुहाङ्ग (सुंगुरको मासुमा)
१९.उत्कृस्ट निर्देशक भाषाभाषी चलचित्र : दिनेश लिङ्ग्देन (दुस्प्रयास)

