‘पारस’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित


काठमाडौं । निर्देशक कृषा चौलागाइँको नयाँ फिल्म ‘पारस’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण टिमले केही दिनअघि अभिनेत्री निरुता सिंहलाई अनुबन्ध गरेको थियो भने त्यसको दुई दिनमै एक्सन स्टारका रूपमा परिचित सुशीललाई पनि औपचारिक रूपमा फिल्ममा भित्र्याइएको हो।

निर्देशक कृषाले सुशीलसँगको तस्बिर सार्वजनिक गर्दै उनको अनुबन्धको जानकारी दिएकी हुन्। यसअघि नै अभिनेता निखिल उप्रेती मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्। त्यस्तै, अभिनेत्रीहरू जसिता गुरुङ र प्रियंका कार्की पनि फिल्ममा आबद्ध भइसकेका छन्।

यसअघि कृषाले सामाजिक कथावस्तुमा आधारित ‘ऐँचोपैचो’ र एक्सन जनराको ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन्। अब तेस्रो निर्देशकीय प्रोजेक्ट ‘पारस’मार्फत अझ परिपक्व र सशक्त प्रस्तुति दिने तयारीमा उनी छिन्।

प्रेमकथामा आधारित यस फिल्मको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन्। निर्माण टिमका अनुसार निर्वाचन लगत्तै फिल्म ‘पारस’को छायांकन सुरु गर्ने तयारी गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.