अक्षयसंग फोटो खिच्न खोज्दा फ्यानले खाए कुटाइ


(सेलिब्रेटी नेपाल) मुम्बई
बलिउडमा फेरि एउटा खबरले माहोल तताएको छ । खबर छ कि, अक्षय कुमारल आफ्ना एकजना ‘फ्यान’लाई थप्पड हिर्काएका छन् । समाचार स्रोतहरूका अनुसार अक्षयकुमार जूहूस्थित एक थिएटरमा हलिउड फिल्म हेर्न गएका थिए, आफ्ना परिवारसहित । सिनेमा सकिएपछि बाहिरिंदै गर्दा एकजना समर्थकले उनको परिवारसँग फोटो खिच्न चाहेका थिए । अक्षयले नमानेपछि ती समर्थकले जिद्दी गर्दा अक्षयको थप्पड खानुपरेको हो । त्यसअघि पनि फिल्म ‘गब्बर’को सुटिङका बेला उनले सुटिङ जोन क्रश गरेको भन्दै एकजना समर्थकलाई त्यसैगरी कुटेका थिए ।
Akshya-kumar-action
बलिउडमा गोविन्दा तथा सलमानले पनि पटकपटक आफ्ना समर्थकहरूसँग यस्तो व्यवहार गर्दै आएको समाचार भारतीय सञ्चारमाध्यमहरूमा छाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.