चलचित्र ‘बुकी’को पहिलो गीत रिलिज, देबेन्द्र र रोशनीको प्रेम


काठमाडौं । चलचित्र ‘बुकी’ मा समाबेश पहिलो गीत सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको संयुक्त निर्देशनमा बनेको यस चलचित्रको पहिलो गीत ‘तिमी मै संग भई राख है’ सार्वजनिक गरिएको छ ।

मंगलबार सार्वजनिक गरिएको गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की प्रेमिल जोडीका रूपमा देखिएका छन् । यात्रामा आधारित प्रेमकथालाई प्रस्तुत गरिएको भिडियोमा उनीहरूको आत्मीयता, मौन संवाद र भावनात्मक सम्बन्ध सहज र प्रभावकारी रूपमा उतारिएको छ ।

गीत देबेन्द्र बब्लुकै शब्द, संगीत र स्वरमा तयार भएको हो। भिडियोको सुरुवात देबेन्द्रले आफ्ना पुराना पदक र तस्बिरहरू नियाल्दै विगतमा हराएको दृश्यबाट हुन्छ । यही दृश्यले दर्शकलाई कथाको गहिराइतर्फ तान्छ । त्यसपछि देबेन्द्र र रोशनीबीचको प्रेम यात्रा सुरु हुन्छ—हासो, साथ, सपनादेखि अन्त्यमा आइपुग्दा एउटा अनुत्तरित पीडासम्म । अन्त्यमा देखाइएको रोशनीको आँसु र देबेन्द्रको मौनताले ‘यी सबै सम्झना मात्र त होइनन् ?’ भन्ने प्रश्न छोड्छ ।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’ को प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन् । साथै प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायत कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रको छायांकन काठमाडौं, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटन क्षेत्रमा गरिएको हो । लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता प्रकाश आले र राजन केसी हुन् ।

राजेश थापा र बसुन्धरा खरेल क्रिएटिभ प्रोडुसरका रूपमा छन् भने जितु थापा र सुनील बुढाथोकी को–प्रोडुसर रहेका छन् । छायांकन निर्देशक विकास गन्दर्भ हुन् भने सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.