
‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने फर्स्ट सिनेमा हुनेछ । निर्माणपक्षले पूरै साउन्डको काम डल्बी एटमसमा हुने बताएको छ ।
“हामीले डल्बी एट्मसका लागि स्टुडियोसँग सम्झौता गरिसकेका छौँ,” पाँच पाण्डवका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, “हामी हाम्रा दर्शकलाई साउन्डको फरक टेस्टसहितको प्राविधिक रुपमा पनि अब्बल सिनेमा दिने छौँ ।”
यसका लागि डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता गरिसकेको उनले जानकारी दिए । सम्झौता गर्दा ‘पाँच पाण्डव’का मुख्य कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौलाको पनि उपस्थिथि रहेको थियो ।
साउन्डमा कम्प्रमाइज नगरेजस्तै अन्य कुनै पनि कुरामा आफूले चलचित्र निर्माणमा कम्प्रमाइज नगर्ने नवीन बताउँछन् ।
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त भइसकेको छ । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्यसँगै जितु नेपाल, सागर लम्साल (बले)लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ ।
‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र रजनी गुरुङ रहने छन् ।
काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल चर्चित सिनेमा ‘प्रसाद’का लेखक समेत हुन् ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् ।
केही महिनाभित्र छायाकंन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन् ।

