चलचित्र ‘फ्रेन्च किस’ शुभमुहूर्त


काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजाको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा फरक शैली र धारका चलचित्र निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक रुपमा घोषणा गरेका हुन् । यस चलचित्रलाई थापा स्वयंले निर्देशन गर्दैछन् ।

सोमबारबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुनेछ । चलचित्रमा अर्पण थापा मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको चलचित्र ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछिन् । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि रहनेछन् ।

चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । चलचित्रलाई अनुभवी सिनेमेटोग्राफर सुदीप बरालले खिच्नेछन् । चलचित्रमा संगीत गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.