माघ ९ मा रिलिज हुने ‘बिगुल’को टिम प्रचारका लागि मोफसल यात्रामा


काठमाडौं । समसामयिक नेपाली समाजको यथार्थ, राजनीतिक विसङ्गति र अन्याय विरुद्धको बुलन्द आवाज बोकेको चलचित्र ‘बिगुल’ यतिबेला मोफसल केन्द्रित प्रचार अभियानमा जुटेको छ । माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रको टोली यतिबेला पूर्वी नेपालको ‘देश दौडाहा’मा रहेको छ ।

निर्माण पक्षका अनुसार फिल्मको प्रचारलाई थप प्रभावकारी बनाउन निर्माण टोली इटहरी, विराटनगर, धरान, दमक र बिर्तामोडका विभिन्न साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भइरहेको छ । पूर्वी नेपालको यात्रा सकेपछि टोली चितवन हुँदै बुटवलसम्म पुग्ने योजनामा रहेको निर्माता एवं कथाकार दिनेश कोइरालाले जानकारी दिए ।

चलचित्रमा नेपाली सिनेमा जगतका दिग्गज र नयाँ पुस्ताका प्रभावशाली कलाकारहरूको समिश्रण रहेको छ । ‘बिगुल’मा मुख्य भूमिका बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने,सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे र गीता अधिकारी रहेका छन् । मिरा पण्डितले यसै फिल्मबाट नायिकाको रूपमा डेब्यु गरेकी छिन् भने रविन्द्र खड्का विशेष भूमिकामा देखिनेछन् ।

रमेश कोइरालाको निर्देशनमा तयार भएको यस चलचित्रलाई दिनेश कोइरालाले निर्माण गरेका हुन् । कल्पना पौडेलको प्रस्तुति रहेको यस फिल्ममा सूर्य कान्त कोइराला र महेश कोइराला सह-निर्माताका रूपमा रहेका छन् । सामाजिक र राजनीतिक मुद्दालाई उठान गरिएकाले यो फिल्मप्रति दर्शकहरूको अपेक्षा उच्च देखिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.