‘बिगुल’ सुन्निनुअघि नै छाएकी मिरा: डेब्यु अफरले उत्साहित


काठमाडौं। नेपाली चलचित्र क्षेत्रले माघ ९ गते नयाँ अनुहारका रूपमा मिरा पण्डितलाई पाउँदैछ। उनले अभिनय गरेको चलचित्र ‘बिगुल’ प्रदर्शनको संघारमा छ। सार्वजनिक सामग्रीहरूले राम्रो प्रतिक्रिया पाइरहेका बेला मिरालाई अहिले नै अन्य ठुला ब्यानरका चलचित्रबाट अफर आउन थालिसकेको छ। पहिलो चलचित्र प्रदर्शन नहुँदै चर्चा र अवसर दुवै पाएकी मिरा अब व्यावसायिक रूपमै नेपाली रजतपटमा निरन्तर सक्रिय रहने सोचमा छिन्। नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ लाई रमेश कोइरालाले निर्देशन गरेका हुन्।

दिनेश कोइरालाको कथा र निर्माण,कल्पना पौडेलको प्रस्तुति अनि सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने,सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह,हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी,मानश्री शर्माका साथमा रविन्द्र खड्का विशेष भूमिकामा अभिनीत छन भने नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यु गरेकी छिन।

माघ ९ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने फिल्म शिव ढकालले खिचेका हुन । तारा थापा `किम्भे´ ले सम्पादन गरेको फिल्मका गीतमा काग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । दिनेश कोइरालाको कथामा पटकथा प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्।

फस्टलुक पोस्टर,टिजर र गीत सार्वजनिकसँगै चर्चामा रहेको `बिगुल´ ले मनोरञ्जनका साथै जनमानसमा समाज र देशप्रति आमनेपाली सचेत र सजक हुन प्रेरित गर्ने धारणा निर्देशक कोइरालाको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.