काठमाडौं। नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइराला निर्देशीत `बिगुल´ को तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय,पारिवारिक उल्झन,पुस्ताबीच बिचारको मतभेद,जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको बिषय प्रस्तुत गरिएको छ ।
देश र जनतालाई पटक पटक धोका दिदै आएको राजनैतिक नेतृत्व र अन्यायको विरुद्ध आवाज उठाउने नयाँ पुस्ताको टकराव केन्द्रीत `बिगुल´ ले ठुलै हल्चल ल्याउने संकेत गरेको छ । देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा `बिगुल´ मा उठान गरिएको बिषयबस्तुले जनमानसमा सही नेतृत्व चयन गर्न मार्ग निर्देश गर्ने देखिन्छ ।
ट्रेलरमा अभिनेत्री बेनीशा हमाल,अभिनेता नरेन खड्का,बिनोद न्यौपानेहरुले युवा पुस्ताको भावना सम्प्रेषित गरेको देखिन्छ । दिनेश कोइरालाको कथा र निर्माण,कल्पना पौडेलको प्रस्तुति अनि सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने,सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह,हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी,मानश्री शर्माका साथमा रविन्द्र खड्का विशेष भूमिकामा अभिनीत छन भने नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यु गरेकी छिन।
माघ ९ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने फिल्म शिव ढकालले खिचेका हुन । तारा थापा `किम्भे´ ले सम्पादन गरेको फिल्मका गीतमा काग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । दिनेश कोइरालाको कथामा पटकथा प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्।
फस्टलुक पोस्टर,टिजर र गीत सार्वजनिकसँगै चर्चामा रहेको `बिगुल´ ले मनोरञ्जनका साथै जनमानसमा समाज र देशप्रति आमनेपाली सचेत र सजक हुन प्रेरित गर्ने धारणा निर्देशक कोइरालाको छ ।
काठमाडौं । छायांकन भइरहेको फिल्म ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ। उनी फिल्मका मुख्य पात्रमध्ये एकका रूपमा अनुबन्धित भएका हुन्। प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार सिटौला ‘पाँच पाण्डव’मध्ये एक पात्रमा...
काठमाडौं । वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको सिरिजको ट्रेलर आइतबार रिलिज गरिएको हो। १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथा ‘क्राइम, एक्सन र...
काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ। आइतबार ओएसआर युट्युबमार्फत टिजर रिलिज गरिएको हो। सार्वजनिक २ मिनेट लामो टिजरमा ग्रामीण परिवेशमा गाडी चलाएर जीविका चलाउने दुई पात्र—दयाहाङ राई...
काठमाडौं। निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कुम्भ’को पहिलो गीत सार्वजनिक गरिएको छ। आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको रोमान्टिक नम्बर सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा...
काठमाडौं। लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’मा समावेश नयाँ गीत ‘निम्तो सुपारी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । सत्य–स्वरुपको संगीत रहेको गीतमा सत्य र मेलिना राईको स्वर छ भने शब्द सुरेन्द्र रानाको रहेको छ । गीतमा...
काठमाडौं । वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको फिल्मको टिजरले ग्रामीण परिवेशमा आधारित प्रेमकथाको झल्को दिएको छ । ओएसआर डिजिटलमार्फत...