काठमाडौं। नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइराला निर्देशीत `बिगुल´ को तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी,सामाजिक न्याय,पारिवारिक उल्झन,पुस्ताबीच बिचारको मतभेद,जिम्मेवारी तथा निमुखा जनतामाथि राजनैतिक नेतृत्वले गर्दै आएको खेलबाडको बिषय प्रस्तुत गरिएको छ ।
देश र जनतालाई पटक पटक धोका दिदै आएको राजनैतिक नेतृत्व र अन्यायको विरुद्ध आवाज उठाउने नयाँ पुस्ताको टकराव केन्द्रीत `बिगुल´ ले ठुलै हल्चल ल्याउने संकेत गरेको छ । देशमा आसन्न आम निर्वाचनको सन्दर्भमा `बिगुल´ मा उठान गरिएको बिषयबस्तुले जनमानसमा सही नेतृत्व चयन गर्न मार्ग निर्देश गर्ने देखिन्छ ।
ट्रेलरमा अभिनेत्री बेनीशा हमाल,अभिनेता नरेन खड्का,बिनोद न्यौपानेहरुले युवा पुस्ताको भावना सम्प्रेषित गरेको देखिन्छ । दिनेश कोइरालाको कथा र निर्माण,कल्पना पौडेलको प्रस्तुति अनि सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने,सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह,हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी,मानश्री शर्माका साथमा रविन्द्र खड्का विशेष भूमिकामा अभिनीत छन भने नवनायिकाका रुपमा मिरा पण्डितले डेब्यु गरेकी छिन।
माघ ९ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने फिल्म शिव ढकालले खिचेका हुन । तारा थापा `किम्भे´ ले सम्पादन गरेको फिल्मका गीतमा काग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । दिनेश कोइरालाको कथामा पटकथा प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्।
फस्टलुक पोस्टर,टिजर र गीत सार्वजनिकसँगै चर्चामा रहेको `बिगुल´ ले मनोरञ्जनका साथै जनमानसमा समाज र देशप्रति आमनेपाली सचेत र सजक हुन प्रेरित गर्ने धारणा निर्देशक कोइरालाको छ ।
काठमाडौं । चलचित्र ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बुवा र छोरीबीचको कथा छ । बुवा र छोरीबीचको इमोस्नल कथालाई ट्रेलरले...
काठमाडौं । गत वर्षको सफल फिल्म ‘बोक्सीको घर’ पछि अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिम पुनः नयाँ प्रोजेक्टमा जुटेको छ। यो टिमले सामाजिक विधा (सोसल ड्रामा) मा आधारित फिल्म ‘पेट्रोल पम्प’ निर्माणको औपचारिक घोषणा...
काठमाडौँ। सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । स्वरमा उनलाई...
काठमाडौँ । चलचित्र विकास बोर्डले बोर्डअन्तर्गत स्थापना गरिएको चलचित्र संग्राहलयमा राख्ने उद्देश्यले नेपाली चलचित्रका पोष्टर (डिजिटल तथा फिजिकल) संकलन कार्यलाई सुरु गरेको छ। बोर्डले स्वदेशी चलचित्रको इतिहास, कला र सांस्कृतिक...
काठमाडौँ । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’को ४२ औं दिनमा छायांकन सकिएको छ । काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका स्थानहरुमै सम्पुर्ण छायांकन सकिएको चलचित्रका निर्देशक प्रवीण...
काठमाडौँ । चलचित्र विकास बोर्डबाट गठित १५ वटा विभिन्न समितिका संयोजक, सदस्य, सदस्य–सचिव तथा सहयोगी अधिकृतहरूलाई परिचयपत्र वितरण कार्यक्रम चलचित्र विकास बोर्डको नवरस हलमा सम्पन्न भयो। कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डि.सीले...