फिल्म ‘आ बाट आमा’ को माल्टा प्रदर्शन अधिकार बिक्री, माघ १६ मा रिलिज हुँदै


काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा’ को वैदेशिक प्रदर्शन अधिकार (ओभरसिज राइट्स) धमाधम बिक्री हुन थालेको छ । आगामी माघ १६ गते बाट प्रदर्शनमा आउन लागेको यो फिल्मको प्रदर्शन अधिकार हालै माल्टाका लागि बिक्री गरिएको हो ।

निर्माण टिम र माल्टाका वितरक सुवास ढकाल तथा विकाश ढुङ्गानाबीच फिल्म प्रदर्शनका लागि सम्झौता भएको छ । परदेशिएका नेपालीहरूको कथा समेटिएको फिल्मको पोस्टर र गीतले चर्चा पाएपछि विदेशमा यसको माग बढेको निर्देशक चन्द्र पन्तले बताए ।

“हामीले फिल्मको माल्टा प्रदर्शन अधिकार राम्रै रकममा बिक्री गरेका हौँ । विदेशमा फिल्मको उच्च माग देखिनु हाम्रा लागि खुसीको कुरा हो ।”

फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायतको मुख्य भूमिका रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ ।

फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त लगायतको लगानी छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन् । नेपालमा फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको यो फिल्मले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धका साथै वैदेशिक रोजगारीका आयामलाई समेत समेटेको निर्माण टिमको भनाइ छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.