च्याउ उत्पादन र व्यापारमा अभिनेता विश्वजित


काठमाडौँ। केही वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘लभ डायरिज’ अभिनेता विश्वजित रिमाल अव व्यावसायमा अग्रसर भएका छन् । अहिले उनले गण्डकी प्रदेश र बागमती प्रदेशमा च्याउ उत्पादन सुरु गरेका हुन् ।

रिमाल मशरुम इन्डष्ट्रिज गण्डकी प्रदेश र माँ दुर्गा मशरुम इन्डष्ट्रिज बागमती प्रदेशमा सञ्चालन गरिरहेका छन् । अभिनेता रिमाल अब अभिनय र व्यापारलाई एकसाथ अगाडी बढाउने तयारीमा छन् । ‘मैले अभिनय गरेको सिनेमा लभ डायरिज रिलिज भएको पनि केही वर्ष भयो । यस बिचमा म आफ्नो व्यापारलाई स्थापित गर्न समय दिए । अब अभिनयमा फर्किने योजना बनाउँदै छु,’ उनले भने ।

यसैबीच गत पौष ११ गते वसेको नेपाल सरकारले मन्त्री परिषदको बैठकले हरेक वर्षको पौष १५ गतेलाई ‘च्याउ दिवस’ घोषणा गरेपछि उत्साहित छन् । सोही अवसरमा च्याउ उत्पादक संघ नेपालद्धारा भोली पौष १५ गते भृकुटीमण्डपमा च्याउ मेला तथा परिकार महोत्सव २०८२ आयोजना गरेको छ ।

अभिनेता रिमाल पनि च्याउ मेला तथा परिकार महोत्सवमा आफ्नो कम्पनीले उत्पादन गरेका विभिन्न प्रजातीका च्याउ प्रवर्द्धन गर्न त्यहाँ उपस्थित हुँदैछन् । त्यसैको अवसरमा काठमाडौं उपत्यकामा रहेका सम्पुर्ण च्याउका परिकार प्रेमी नेपालीलाई उपस्थीत भएर आफुहरुको मेहनतलाई हौसला प्रदान गरिदिन अनुरोध गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.