‘बिगुल’ को जनताको आवाजमा चुनावी माहोल


काठमाडौं। चलचित्र ‘बिगुल’ मा समाबेश ‘आउ यस्तो देश बनाऔं’ आइतबार सार्वजनीक गरिएको छ । नेपाली काग्रेस महामन्त्री बिश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् ।

रमेश कोइरालाको निर्देशन अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ । ओएसआर डिजिटलबाट सार्वजनीक गीतमा देशप्रेम,राष्ट्रभक्ति,समाबेशीता,शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । राष्ट्रिय झण्डासहित देशमा सुसाशन,बिकास र शान्तिको सन्देश फैलाउन कलाकारहरु घरदैलो जागरणात्मक अभियानमा लागेको देखाइएको छ । देश आम निर्वाचनमा होमिन लागेको बेलामा सार्वजनीक गरिएकाले गीतले चुनावी माहौलको झल्को दिएको छ । कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित भनिएको छ।

चलचित्रमा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ । म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको चलचित्रको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायांकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको चलचित्रकोे सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.