५१ औं दिनमा ‘परान’ टिम पुग्यो आश्रम,अनाथ तथा बृद्धबृद्धालाई न्यानो कपडा


काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘परान’ ले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्‍यो । चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा बितरण गरियो ।

पवित्र समाजसेवा नेपाल आश्रमकी सन्चालिका दिक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन् । उनले केहिसाता अघि आफ्ना आश्रममा आश्रित बालबालिकाहरुलाई परान चलचित्र देखाएकी थिइन् । चापागाईंले छोराछोरी र आमाबुबा प्रतिको प्रेमलाई चलचित्रले निकै मिठो ढंगबाट प्रस्तुत गरेकाले पनि उनले परान फिल्म देखाएकी बताएकी थिइन् । चलचित्रका निर्देशक दिपक प्रसाद आचार्य ५१ दिनसम्म पनि परानलाई दर्शकले दिएको माया देख्दा दंग छन् । उनले यो मायाले आफूलाई थप जिम्मेवारी बनाएको बताएका थिए ।

‘परान’ मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ ।

कुन- कुन हलमा छ ‘परान’ ?
‘परान’ अझैपनि देशभरका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ । शनिबार ३० बढी शो दिइएको परानले आइतबार केहि कम हल पाएको छ । यद्यपी कतिपय हलमा अहिलेपनि हाउसफुलका साथ परान प्रदर्शन भइरहेको छ । शनिबार ललितपुरको लबिम मलमा रहेको सिनेमा हल हाउसफुल रह्यो । साथै पश्चिमका केहि हलमा पनि दर्शकको राम्रो उपस्थिती थियो । उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँबसपार्क, नयाँ बानेश्वरमा रहेका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ । यस्तै मोफसलमा नेपालगन्ज, दाङ, बुटवल, चितवन, इटहरी जस्ता शहरहरुमा पनि दर्शकको संख्या राम्रो देखिन्छ ।

१८ करोड रुपैंया ग्रस कलेक्सन
चलचित्रका निर्माता रन्जित आचार्यले परानले ५१ दिन पुरा गर्दा १८ करोड रुपैंया ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् । यो सँगै परानले नेपाली चलचित्रको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेत बनेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.