मंसिर १५ बाट ‘झिँगेदाउ २’ को छायांकन, मुकुनको स्थानमा महेश त्रिपाठी


काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजा को निर्देशनमा निर्माण हुने फिल्म ‘झिँगेदाउ २’ को मुख्य कलाकारमा हेरफेर गरिएको छ । छायांकन सेड्युललाई लिएर विवाद भएपछि निर्देशक देउजाले मुख्य अभिनेता मुकुन भुषाल लाई हटाएर अभिनेता महेश त्रिपाठी लाई अनुबन्धित गरेका हुन् ।

कपनगढी सिनेमा प्रालीको व्यानरमा निर्माण हुने यो फिल्मको शुभमुहूर्त आगामी मंसिर १५ गते सोमबार हुने र सोही दिनबाट छायांकन सुरु हुनेछ ।

फिल्ममा महेश त्रिपाठीसँगै आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह लगायतका कलाकारहरू भित्र्याइएका छन् । यसअघिका कलाकारहरू केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट लगायत भने यथावत् छन् ।

शुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको यो फिल्मलाई अर्को वर्षको दशैंमा रिलिज गर्ने घोषणा निर्देशक देउजाले गरेका छन् । फिल्ममा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत र मित्र डी गुरुङको सम्पादन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.