‘महादशा’बाट प्रभात लामाको फिल्म डेब्यु, पूजा शर्मासँग अनस्क्रिन जोडी


काठमाडौँ। चर्चित हास्यकलाकार प्रभात लामा अब ठूलो पर्दाबाट अभिनय यात्रा सुरु गर्न लागेका छन्। निर्माता किरण नेपालीको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘महादशा’ मार्फत उनले फिल्म क्षेत्रमा डेब्यु गर्न लागेका हुन्। लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुँदै गरेको यस फिल्ममा पूजा शर्मासँग प्रभातको जोडी बाँधिने निर्माता टिमले जानकारी दिएको छ।

फिल्ममा प्रमोद अग्रहरि, प्रेमा लामगाढे, हाकिम गुरुङ, उत्तम प्रधान, निरुता सिंह, श्याम मगर र रियर राई लगायतका कलाकार फाइनल भइसकेका छन्। विशेषत, चर्चित र्‍यापर हाकिम गुरुङले पनि यसै फिल्ममार्फत अभिनय क्षेत्रमा पाइला राख्दैछन्।

पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका प्रभात भन्छन् “सिनेमाको अफर आएपछि मनैले ‘यो यात्रामा लाग्नुपर्छ’ भनेझैँ लाग्यो। अभिनय गर्दै आएको धेरै भए पनि, ठूलो पर्दाको मुख्य पात्र बन्नु भनेको बिल्कुलै नयाँ अनुभव हो, त्यसैले उत्साहसँगै अलिकति नर्भस पनि छु।”

फिल्ममा राजे के. शाह, श्याम मगर र अमला देवी राईको लगानी छ भने सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्। मनिष गौतमले कथा–पटकथा लेखेका हुन्।

‘महादशा’ले संस्कार, संस्कृति, अध्यात्म र समाजमा विद्यमान रहस्यमय घटनाक्रमलाई केन्द्रमा राख्नेछ। मानवजीवनमा ग्रह–नक्षत्र, कर्म र भाग्यको प्रभाव कस्तो हुन्छ भन्ने विषयलाई कथासँग गाँसेर प्रस्तुति गर्ने निर्देशक नेपाली बताउँछन्। उनका अनुसार, फिल्मले समाजका विविध तह, मानवीय चुनौती र जीवनका मोडलाई रोचक ढङ्गमा उभ्याउनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.