‘ककाकिकी’ को छायांकन पर्वतबाट सुरु


काठमाडौँ । चलचित्र ‘ककाकिकी’ ले बिहीबारदेखि पर्वतको भूकदेउरालीबाट औपचारिक रूपमा छायांकन सुरु गरेको छ । शुभमुहूर्तसहित सुरु भएको चलचित्रको छायांकन ३५ दिनमा पूरा गर्ने योजना रहेको निर्माण टिमले जनाएको छ । पहिलो चरणमा करिब २० दिन पर्वतमा गाउँको परिवेश समेटिँदै दृश्य खिचिनेछ भने बाँकी भाग काठमाडौंमा सुटिङ गरिने निर्देशक बिक्की अग्रवालले जानकारी दिए ।

छायांकनको सुरुवातसँगै चलचित्रका अधिकांश कलाकार अहिले स्थलमै रहेका छन् । तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुवास गजुरेल, महेश त्रिपाठी र सुवर्ण थापा लगायत कलाकार सुटिङमा व्यस्त छन् । त्यस्तै, गौरी मल्ल केही दिनमा टोलीमा सहभागी हुने निर्देशक तथा सह–निर्मात्री श्रद्धा प्रसाईंले बताइन् । उनका अनुसार अन्य केही कलाकार बिचैमा टिममा जोडिँदै जानेछन् ।

चलचित्र ‘ककाकिकी’ लोकप्रिय हास्य कार्यक्रम ‘कमेडी दरबार’ टिमको ब्यानरमा निर्माण हुँदैछ । निर्देशनको जिम्मा कार्यक्रमका निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले सँगै सम्हालेका छन् । कथा लेखनमा बिक्कीका साथ विकास अर्याल र सरोज भण्डारी छन् भने स्क्रिप्ट डक्टरको रुपमा विश्वास तिम्सिना कार्यरत छन् । सह–निर्देशनमा अनिश बुढाथोकी र छायांकन निर्देशनमा सुदिप बराल रहेका छन् ।

चलचित्रको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग र अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेशनलसँग रहेको निर्माण पक्षले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.