दीपकराज गिरीद्वारा क्षतिग्रस्त प्रहरी चौकी पुनर्निर्माणका लागि ५ लाख सहयोग


काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी चौकी पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेका छन्। आफ्नो जन्मथलो काठमाडौं–थानकोटस्थित प्रहरी वृत्तमा पुगेर उनले ५ लाख रुपैयाँ डीएसपी एलिजा गिरीलाई हस्तान्तरण गरेका हुन्।

जेनजी आन्दोलनकै क्रममा सो प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा करोडौं मूल्य बराबरका उपकरण, पोशाक तथा संरचनामा क्षति पुगेको थियो। प्रारम्भिक अनुमान अनुसार ७ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। कार्यालय नयाँ भवनबाट करिब पाँच महिना अघि मात्र सञ्चालनमा आएको थियो।

‘यस्तो विपत्तिपछि प्रहरीको मनोबल कायम रहोस् भन्ने सोचका साथ सहयोग गरेको हुँ,’ गिरीले भने, ‘यो अभियानको सुरुवात मात्रै हो, आवश्यकताअनुसार अन्य स्थानमा पनि सहयोग गर्ने योजनामा छु।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.