काठमाडौँमा कपिलले हसाउने सोनुले नचाउने


Kapil-sonu-nigam
(सेलिब्रेटी नेपाल) काठमाडौँ
बलिउड कलाकार नेपाल आउने क्रम लगातार भइ रहेको छ यसै क्रममा बलिउडका दुई हस्ती कमेडी किंग कपिल शर्मा र गायक सोनु निगम नेपाल आउने भएका छन्। एनसेलको आयोजनामा हुन लागेको ‘पर्पलफेस्ट’का लागि उनीहरु नेपाल आउन लागेका हुन्। ‘कमेडी नाइट्स विथ कपिल’बाट छाएका कपिल र हिन्दी सिनेमामा गायनबाट ख्याति कमाएका सोनु मिलेर मंसिर २७ गते दशरथ रंगशालामा नेपाली दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन्। यी दुईलाई नपाली गायक सुगम पोखरेल, यम बुद्ध र हास्यकलाकार जीतु नेपाल र विल्सन विक्रम राईले साथ दिनेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.