बलिउड नायिका सुस्मिता सेन नेपालमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
मिस युनिर्भस तथा बलिउड नायिका सुष्मिता सेन काडमाडौं आइपुगेकी छन्। राजधानीमा आयोजित ‘टाइमलेज प्यारागन ज्वेलरी फेशन शो’मा सहभागी जनाउन उनी शुक्रबार दिउँसो नेपाल उत्रेकी हुन्। ज्वेलरी फेशनशोमा सहभागिता जनाउन केहि दिनअघि बलिउड अभिनेत्री रबिना टन्डन नेपाल आएकी थिइन् । यस्तै बलिउडबाटै विभिन्न कार्यक्रममा सहभागिता जनाउन आमिर खान, अक्षयकुमार, सन्नी लियोन, नेहा धुपिया, सुनिधि चौहान, मिका सिंह लगायत भारतीय कलाकार नेपाल आइसकेका छन्।Susmita-sen-in-nepal
याक एण्ड यतिमा शुक्रबार र शनिबार दुईदिन चल्ने उक्त कार्यक्रममा सुस्मिता र्याम्पमा हिड्ने छिन। उनलाई भारतका चर्चित मोडलहरुले साथ दिने छन्। यस्तै उक्त शोमा नेपालबाट पूर्व मिस नेपाल माल्भिका सुब्बा, सृष्टि श्रेष्ठ,ओसामा बानु, आस्था पोखरेल, दिप्ती गजुरेल लगायतले पनि क्याटवाक गर्नेछन्। सुष्मिताले न्यूरोडस्थित एक डाइमन्ड स्टोरको समेत उदघाटन गर्ने जनाइएको छ।
फोटो साभार इकान्तिपुर

Copyright © 2012 - 2026 | All Right Reserved.