महाभारतका निर्देशक रवि चोपडाको निधन


भारतमा पहिलो पटक टेलीफिल्म ‘महाभारत’ टेलिभिजनमा प्रशारण हुँदा शहर पुरै सुनसान हुने गर्दथियो। एक निर्माताका का अनुसार पहिलो पटक महाभारत टेलिभिजनमा आउँदा सबै जना टेलिभिजन हेर्न लाग्दा बजार पनि बन्द हुने गर्दथ्यो त्यस बेला महाभारत निकै लोकप्रिय बनेको थियो उही महाभारतका निर्देशक रवि चोपडाको निधन भएको छ रबिको ६८ बर्षको उमेरमा निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित रविको मुम्बईमा अवस्थित ब्रिच क्याण्डी अस्पातलमा उपचारका क्रममा बुधवार दिउँसो साढे तीन बजे निधन भएको हो। रविको निधनमा थुप्रै बलिउड फिल्मकर्मीले चिन्ता व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
Rabi-chopada चर्चित तथा लोकप्रिय निर्देशक बीआर चोपडाका छोरा तथा यशराज चोपडाका भतिज रविको भोली बिहीवार अन्तिम संस्कार गरिने भएको छ। पछिल्लो समय ‘भूतनाथ’ र ‘भूतनाथ रिटर्न्स’ फिल्म निर्माण गरेका रविले जमीर (१९७५), द बर्निंग ट्रेन (१९८०), मजदूर (१९८३), दहलीज (१९८६), बागवान (२००३) र बाबुल (२००६) जस्ता फिल्म निर्देशन गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.