काठमाडौं। निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई चलचित्रको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरिएको हो।
यसअघि चलचित्रमा अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन भदौबाट सुरु गरिने निर्माण टिमले जनाएको छ।
चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण पक्ष र आरआर फिल्म्सका प्रतिनिधि रोहित कट्टेल र रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो।
‘आ बाट आमा’ आउँदो फागुन १५ गते देशभर प्रदर्शनमा आउने मिडिया को अर्डिनेटर कुमार आचार्यले जानकारी दिएका छन् ।