डिएसपी सानुराम गायन तर्फ लम्कँदै


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Sanuram-bhattarai-dspनेपाली सांगीतिक बजार ओरालो लागि रहे पनि नव प्रवेशी हरुको यस क्षेत्र प्रति मोह घटेको छैन यसै क्रममा डिएसपी सानुराम भट्टराई आफ्नो पहिचानलाई फराकिलो बनाउने तर्फ लागि परेका छन्। जनताको सेवामा निरन्तर लागिरहेका भट्टराईले पछिल्लो समयमा आफुलाई गायकको रुपमा चिनाउन लागेका हुन्। ‘फुल जस्तै थियो माया’ वोलको गितमा उनले स्वर दिएका छन्।प्रकाश कटुवालको संगित र रमेश बराईलिको शब्द संयोजनमा तयार उक्त गितले यतिबेला चर्चा बटुलीरहेको छ। स्मृति म्युजिक कम्पनिबाट बजारमा आएको उक्तगितलाई विस्तारै एल्वममा समावेश गर्ने भट्टराईले वताएका छन्। प्रहरी सेवामा लाग्नु अगावै गित संगित प्रति निकै रुचि भए पनि उचित समय नमिल्दा आफ्नो कला बाहिर पस्कन नसकेका उनले पछिल्लो समयमा राम्रो शब्द र संगितकार संग काम गर्न पाएपछि मात्र आफुले गाएको बताउछन्।

Copyright © 2012 - 2026 | All Right Reserved.