मेलिना र करणको युगल स्वरमा ‘सारी लाउन’ सार्वजनिक (भिडियो)


काठमाडौं । गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली ‘सारी लाउन’ सार्वजनिक भएको छ। गायिका मेलिना राई र गायक करण परियारको मधुर युगल स्वरमा सजिएको गीतमा हरि लम्सालको संगीत र कुशल सिंहको एरेन्ज रहेको छ।

गम्भीर बिष्ट निर्देशित म्युजिक भिडियोमा जुना सुन्दास र सरोज प्रजाको दमदार अभिनय देख्न सकिन्छ। भिडियोमा ‘सारी लाउन’ पछि मोडलको रूप र आकर्षण कस्तो देखिन्छ भन्ने भावनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

भिडियोको छायांकन सुविन गोदारले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्। सुरेन्द बसेलको कोरियोग्राफी रहेको यस भिडियोलाई ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.