सुजाताको ‘उस्तै छ तीज’ सार्वजनिक



काठमाडौँ।
हिन्दू नारीहरूको महान चाड तीज नजिकिँदै जाँदा तीजका नयाँ गीतहरू सार्वजनिक हुने क्रम तीव्र बन्दै गएको छ। यही क्रममा, गायिका सुजाता केसीले यस वर्ष दुईवटा तीज गीत सार्वजनिक गरेकी छन्। करिब तीन हप्ता अघि रिलिज भएको ‘सासुको तीज’ बोलको गीतले राम्रो चर्चा पाइरहेको छ। हालै उनले अर्को मौलिक शब्द समेटिएको तीज गीत ‘उस्तै छ तीज’ सार्वजनिक गरेकी छन्, जसमा शब्द र संगीत अर्जुन पोखरेलको रहेको छ।

सार्वजनिक गीतको भिडियोमा जी.बी. चिरन, कुसुम पन्थी र सुशील शर्मा फिचर भएका छन्। भिडियोको छायांकन मिलन थापा र सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन बिष्णु खड्काले गरेका छन्। मुनाल शिशिर कोइरालाको निर्देशनमा बनेको भिडियो गायिका सुजाता केसीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.